‘उड्ता तीर’को प्रदर्शनमा प्रतिबन्ध ?

बुटवल। बलिउड अभिनेता आयुष्मान खुरानाको मुख्य भूमिका रहेको फिल्म ‘उड्ता तीर’लाई नेपालमा प्रदर्शनका लागि प्रतिबन्ध लगाइएको छ। असोज ३० गते केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)का पदाधिकारीहरूले फिल्म हेरेपछि प्रदर्शन अनुमति नदिने निर्णय गरेका हुन्। यो फिल्म भारतमा २३ अक्टोबरमा रिलिज हुँदैछ ।

सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गतको श्रव्यदृश्य तथा प्रसारण शाखाले वितरण कम्पनी नेसनल सिने ग्रुप नेपाललाई पत्र लेख्दै निर्माण, प्रदर्शन तथा वितरण ऐन, २०२६ को दफा ८ (३)ले निषेध गरेको विषयवस्तुमा फिल्म निर्माण भएकाले सोही दफा बमोजिम सार्वजनिक प्रदर्शन अनुमति नदिने निर्णय भएको जनाएको छ ।निर्माण, प्रदर्शन तथा वितरण ऐन २०२६ को दफा ८ (३)मा मित्रराष्ट्रसँगको सुसम्बन्ध असर पार्ने वा लैंगिक हिंसालाई बढवा दिने फिल्मलाई प्रदर्शन गर्न चलचित्र जाँच समितिले अनुमति नदिने उल्लेख छ । फिल्मका कुनै भागको काँटछाँट वा हेरफेर गरेको खण्डमा भने जाँच समितिले आवश्यकताअनुसार प्रदर्शनका लागि अनुमति दिन सक्ने व्यवस्था गरिएको छ ।

आकाश कौशिकको निर्देशन तथा करण जोहरको निर्माण रहेको ‘उड्ता तीर’मा भारत र पाकिस्तानबीचको तनावलाई हास्य र जासुसीको कथामार्फत प्रस्तुत गरिएको छ । पाकिस्तानको गुप्तचर निकाय (आईएसआई) र पाकिस्तानी सैन्य नेतृत्वमाथि फिल्मले व्यंग्य गरेका कारण नेपालको सेन्सर बोर्डले प्रदर्शन अनुमति दिन अस्वीकार गरेको जनाइएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*